राजेश सिंह
गाैशाला, साउन १६ गते ।
समावेशी अभ्यासलाई बढावा दिनका लागि “समावेशी अभ्यासका लागि सामूहिक प्रयास” भन्ने अभियान अन्तर्गत महोत्तरी जिल्लाका दुई पालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई व्हीलचेयर वितरण गरिएको छ ।
CBM Global को आर्थिक सहयोग तथा रतौली युवा क्लबको सञ्चालनमा महोत्तरी गाउँपालिका र बलवा नगरपालिकामा यो कार्यक्रम सम्पन्न भएको हो । यस अभियान अन्तर्गत दुबै पालिकाका अपाङ्गता भएका व्यक्तिहरूलाई व्हीलचेयर तथा ट्राइसाईकल प्रदान गरिएको छ ।
बलवा नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख राम विजय महतो प्रमुख अतिथि र वडा नम्बर ६ का अध्यक्ष बैद्यनाथ झा विशिष्ट अतिथि, यसैगरी महोत्तरी गाउँपालिकामा पालिका अध्यक्ष दिलीप कुमार पाण्डेको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । दुबै कार्यक्रममा पालिकाका कर्मचारीहरूको पनि उपस्थिति थियो ।
बलवा नगरपालिकामा अपागंता भएका ३ जना व्यक्तिहरुलाई व्हील चेयर र महोत्तरी गाउँपालिकामा ३ जनालाई व्हील चेयर र १ जनालाई ट्राइसाईकिल गरी कुल ७ जना अपाङ्गता भएका व्यक्तिहरूलाई व्हीलचेयर वितरण गरेकाे कार्यक्रम व्यवस्थापक रुपेश ठाकुरले जानकारी दिए । यस कार्यले उनीहरूको दैनिक जीवनयापनमा सहजता आउने विश्वास गरिएको छ ।

