https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

कपिलवस्तु, साउन २४ गते ।

कपिलवस्तुको तौलिहवास्थित नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा यस वर्षको रक्षाबन्धन पर्व विशेष बनेको छ। पारिवारिक स्नेहबाट वञ्चित ३२ जना बालबालिकाले दिदीहरूको माया र आशीर्वादसहित राखी पाउँदै उल्लासपूर्वक पर्व मनाए।

बालगृहकी पूर्वसदस्य टीका पुन मगर र कर्मचारी कविता थारूले ३० बालक र विभिन्न पेशामा आबद्ध २ युवालाई राखी बाँधेर, टीका लगाई प्रसाद वितरण गर्दै आशीर्वाद दिएका थिए। सात वर्षसम्म यहीँ हुर्किएकी टीकाले २०७२ सालदेखि हरेक वर्ष रक्षाबन्धनमा भाइहरूलाई राखी बाँध्ने परम्परा निभाउँदै आएकी छन्।
“म यहीँ हुर्केकी हुँ, यहाँका भाइहरू मलाई साँचोका लाग्छन्,” उनले भनिन्, “राखी बाँधेर आशिष दिन पाउँदा छुट्टै आनन्द मिल्छ।”

कर्मचारी कविता थारूले पनि बालबालिकालाई आफ्नै भाइ सम्झेर माया साट्न पाउँदा खुसी व्यक्त गरिन्। दिदीहरूको स्नेह पाएपछि बालबालिकाले आफूले कहिल्यै दिदीको अभाव महसुस नगरेको बताए।

बालगृहका प्रबन्धक रामप्रसाद अर्यालले यस्ता कार्यक्रमले बालबालिकामा पारिवारिक भावना जागृत हुने र उनीहरूको अनुहारमा चमक ल्याउने बताए। नेपाल बाल संगठनका अध्यक्ष गोपालमणि ज्ञवालीले दिदीको हातबाट राखी र टीका ग्रहण गर्दा देखिएको बालबालिकाको मुस्कान अमूल्य भएको बताए।

यसै अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तौलिहवा शाखाले पनि राखी कार्यक्रम आयोजना गरेको थियो। विश्वविद्यालयकी सञ्चालिका राजु दिदीले बालबालिकालाई राखी बाँधेर पर्वको शुभकामना दिएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित समाचार