https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, साउन ३१ गते ।

महोत्तरीकाे जलेश्वर नगरपालिका वडा नम्बर १० लाई शनिबार एक विशेष समारोहका बीच औपचारिक रूपमा “बाल विवाहमुक्त वडा” घोषणा गरिएको छ। बाल अधिकार संरक्षण र लैङ्गिक समानता प्रवर्द्धनतर्फको यो कदमलाई स्थानीयवासीले ऐतिहासिक उपलब्धि रूपमा लिएका छन्।

कार्यक्रमको उद्घाटन मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले गर्नुभयो। उहाँले कम उमेरमा हुने विवाहलाई समाजको विकासमा गम्भीर बाधक ठहर गर्दै भन्नुभयो, “विवाह समयमै हुनु आवश्यक छ। बाल विवाहले बालबालिकाको भविष्य अन्धकारमय बनाउँछ। शिक्षामा जोड दिई मात्र समाज अघि बढ्न सक्छ।”

रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरीले बाल विवाहलाई “भयावह रोग” को संज्ञा दिँदै यसको अन्त्यका लागि क्लब निरन्तर सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले, “बाल विवाह हुने कुनै पनि विवाहमा सहभागी नहुने संकल्प हामी सबैले यहीँबाट गर्नुपर्छ,” भन्दै सामूहिक ऐक्यबद्धताको आवश्यकता औंल्याउनुभयो।

वडाध्यक्ष तथा वडास्तरीय बाल अधिकार समितिका संयोजक विकाउ दास कथबनियाले घोषणालाई व्यवहारमा उतार्न समुदायकै सक्रियता अपरिहार्य रहेको बताए। उहाँका अनुसार वडा–१० लाई नमुना वडा बनाउन सबै पक्षको सहकार्य जरुरी छ।

समारोहका अवसरमा रतौली युवा क्लबले जलेश्वर नगरपालिकाको बाल कोष व्यवस्थापनका लागि २ लाख रुपैयाँको चेक उप–प्रमुख रोशन खातुनलाई हस्तान्तरण गर्यो। प्राप्त रकम जोखिममा परेका बालबालिकाको संरक्षण र सहयोगमा खर्च गरिने नगरपालिकाले जनाएको छ।

उक्त कार्यक्रम USAID, सेभ द चिल्ड्रेन, रतौली युवा क्लब, महिला जागरण समाज महोत्तरी र जलेश्वर नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

समारोहमा सभामुख रामचन्द्र मण्डल प्रमुख अतिथि, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, नगर उप–प्रमुख रोशन खातुन, विभिन्न राजनीतिक दलका नेता—नेकपा एमालेका राम आधार कापर, नेपाली कांग्रेसका बजरंग नेपालीलगायत, समाजसेवी, पत्रकार र स्थानीय युवाको उल्लेखनीय उपस्थिति थियो।

स्थानीय बासिन्दाले वडाको नयाँ पहिचानलाई समुदायको चेतना, जागरूकता र परिवर्तनको प्रतिफलका रूपमा स्वागत गरेका छन्। हालसालै वडा–१० मा बाल अधिकारसम्बन्धी चेतनामूलक गतिविधिहरू तीव्र रूपमा सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार