https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन कुमार महताे

रौतहट, भदौ ८ गते ।
रौतहटको सदरमुकाम गौरमा आइतबार सर्वदलीय संघर्ष समितिको नेतृत्वमा विशाल विरोध र्‍याली तथा जनप्रदर्शन गरिएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत मधेसी नेतामाथि लगाइएका मुद्दा खारेज गर्न माग गर्दै प्रदर्शन गरिएको हो।

सर्वदलीय संघर्ष समितिका अध्यक्ष तथा पूर्व सांसद रामकिशोर प्रसाद यादवको नेतृत्वमा भएको प्रदर्शनमा जसपा नेपाल, नेकपा एमाले, नेपाली कांग्रेस, लोसपा नेपाल, नेकपा (एस) लगायत दलका नेताहरु सहभागी थिए। र्‍याली रामजानकी धर्मशालाबाट सुरु भई गौर परिक्रमा गर्दै मधेशी क्रान्ति चोकमा कोणसभामा परिणत भएको थियो।

प्रदर्शनमा सहभागीहरुले “राजनीतिक प्रतिशोध बन्द गर”, “गौर घटनाको निष्पक्ष छानबिन गर”, “उपेन्द्र यादवलाई झूटो मुद्दामा नफसाऊ” भन्ने नाराबाजी गरेका थिए।

कोणसभामा जसपा नेपालका केन्द्रीय सदस्य तथा पूर्व प्रदेश सांसद रामकिशोर यादवले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमाथि राजनीतिक प्रतिशोध स्वरूप १३० जना नेतामाथि मुद्दा दर्ता गरिएको आरोप लगाए। जसपा रौतहट अध्यक्ष राजीव रंजन (राजु) यादवले पनि वास्तविक दोषीलाई बचाउन निर्दोष नेताहरूमाथि कारबाही गर्न खोजिएको भन्दै चेतावनी दिएका थिए।

त्यस्तै नेकपा एमालेका बबन सिंह, नेपाली कांग्रेसका रामचन्द्र गिरी, लोसपाका बाबुलाल साह, नेकपा (एस) का रेवन्त झा लगायतका नेताहरुले गौर घटनामा प्रभु साहको संलग्नता रहेको दाबी गर्दै सरकारले दोषीलाई कारबाही गर्नुपर्ने माग राखे।

कार्यक्रममा पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव, प्रदेश सांसद शोभा साह, जसपा नेता राजाबाबु साह, लोसपा नेता अनिल सिंहसहित हजारौं नेता तथा कार्यकर्ताको सहभागिता थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार