https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, भदौ २३ गते ।
राजधानी काठमाडौंमा भएको जेनजी आन्दोलन हिंसात्मक मोड लिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने दुईसयभन्दा बढी घाइते भएका छन्।

काठमाडौं प्रहरीका एक उच्च अधिकारीका अनुसार ट्रमा सेन्टरमा मात्रै पाँच जनाको मृत्यु भएको छ। उनीहरु प्रहरीको गोली लागेर घाइते भएका थिए। त्यस्तै, सिभिल अस्पतालमा थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ।

प्रहरीले मृतक संख्या अझै बढ्न सक्ने चेतावनी दिएको छ।

यस घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राष्ट्रिय सुरक्षा परिषद्को बैठक बालुवाटारमा बोलाएका छन्। परिषद्मा प्रधान सेनापति र सबै सुरक्षा निकायका प्रमुख सहभागी हुनेछन्। त्यसपछि साँझ ६ बजेका लागि मन्त्रिपरिषद्को बैठक पनि तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जेनजी पुस्ताको आन्दोलन अहिले काठमाडौं सहित पाेखरा, बर्दिवास, जनकपुरधाम, इटहरी, विराटनगर लगायत देशका विभिन्न ठाउँमा जारी छ। प्रधानमन्त्री ओलीले गृहमन्त्री रमेश लेखक सहितका मन्त्रीहरुलाई बालुवाटारमा उपस्थित हुन निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार