काठमाडौं, असोज १३ गते ।
जेन-जी आन्दोलनका क्रममा गम्भीर घाइते भएका नुवाकोट पञ्चकन्या गाउँपालिका–२ का ३६ वर्षीय लक्ष्मण राईको निधन भएको छ।
राईको काठमाडौंस्थित ट्रमा सेन्टरको आईसीयूमा उपचार भइरहेको थियो। उपचारका क्रममा सोमबार अपराह्न उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्।
निधनपछि सोमबार नै काठमाडौंको पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि जेन-जी आन्दोलनका अगुवासहित समर्थकहरूको ठूलो उपस्थिती रहेको थियो।
श्रद्धाञ्जली कार्यक्रममा हामी नेपाल का संयोजक सुदन गुरुङले नेपालको झण्डा ओढाएर स्व. राईलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।

