https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, असोज १७ गते ।
मौसमविद्हरुले शनिबार दिउँसोदेखि सुरु हुने भारी वर्षाले देशभर बाढी र पहिरोको उच्च जोखिम ल्याउने चेतावनी दिएका छन्। उनीहरूले विशेष सतर्कता अपनाउन आग्रह गर्दै चितवन, मकवानपुर, काठमाडौं, काभ्रे लगायतका जोखिमयुक्त जिल्लाका राजमार्गहरू तत्काल बन्द गर्नुपर्ने सुझाव दिएका छन्।

भारतको उडिसा नजिक विकसित भएको मौसमी प्रणाली बिहार हुँदै नेपाल प्रवेश गर्ने अनुमान छ। यसले मधेशदेखि काठमाडौं उपत्यका र पश्चिमका विभिन्न क्षेत्रमा भारी वर्षा गराउने सम्भावना छ। विशेषगरी वीरगञ्ज, जनकपुर, काठमाडौं उपत्यका, नारायणगढ–मुग्लिन–नागढुंगा, हेटौंडा–काठमाडौं, बनेपा–बर्दिबासलगायत राजमार्गमा पहिरोको जोखिम उच्च रहेको चेतावनी दिइएको छ।

विपद् व्यवस्थापन विज्ञहरूले भारी वर्षाका बेला काठमाडौं उपत्यकाको आवतजावत समेत नियन्त्रण गर्नुपर्ने सुझाव दिएका छन्। नदी किनार र होचो भूभागका बस्तीहरूमा डुबानको खतरा उच्च भएकाले सतर्क रहन आग्रह गरिएको छ।

मौसमविद्हरूका अनुसार शनिबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने र आइतबार रातिसम्म कोशी प्रदेशमा अत्यधिक वर्षा हुने सम्भावना छ। सोमबार बिहानदेखि भने मौसम क्रमशः सुधार हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार