https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

✍️ राजधानी टुडे संवाददाता
ज्योतिषी डा. विवेकको विश्लेषणमा आधारित

काठमाडौं । आजको ग्रहगोचरले केही राशिलाई नयाँ अवसर दिनेछ भने केही राशिका लागि चुनौतीपूर्ण परिस्थितिहरू आउन सक्छन्। आफ्नो स्वास्थ्य, पेशा र व्यवहारमा विशेष ध्यान दिनुपर्ने दिन रहेको ज्योतिषी डा. विवेक बताउनुहुन्छ ।

♈ मेष

समय शुभ रहनेछ। आम्दानीका नयाँ स्रोत थपिनेछन्। नयाँ कार्ययोजना बनाउँदा र पेशामा सही सदुपयोग गर्न सके उच्चतम लाभ पाइनेछ।

♉ बृष

समय मध्यम खालको छ। ठूलो लगानी वा पेशा परिवर्तन नगर्नु उचित हुनेछ। आँटेका काम पूरा नहुँदा पनि हतास नहुनुहोला, प्रयासले फल दिनेछ।

♊ मिथुन

समय र स्वास्थ्य भरपर्दो छैन। धार्मिक वा सामाजिक क्षेत्रमा लाग्दा घाटाबाट जोगिन सकिनेछ। सबै काममा सावधानी राख्नु उपयुक्त हुनेछ।

♋ कर्कट

सरकारी काम नबन्ने सम्भावना छ। आफ्नै परिवार र स्वास्थ्यले साथ नदिने देखिन्छ। अनावश्यक खर्च बढ्नेछ।

♌ सिंह

स्वास्थ्य ठीकठाक रहनेछ। मानसिक प्रसन्नता, मान–प्रतिष्ठा र अवरुद्ध काममा सफलता मिल्नेछ। नयाँ कार्यको लागि पनि समय अनुकूल छ।

♍ कन्या

समय शुभ छ। मनमा फूर्ति र उत्साह बढ्नेछ। नयाँ जागिर वा आँटेका काममा राम्रो सफलता पाइनेछ।

♎ तुला

साना–साना कुरामा शंका र चिन्ता बढ्नेछ। आफन्तकै कारण काममा अवरोध आउन सक्छ। खर्च आम्दानीभन्दा बढी हुने सम्भावना छ।

♏ वृश्चिक

स्वास्थ्यमा समस्या आउन सक्छ। खानपिनमा विशेष ध्यान दिनुहोस्, पेटसम्बन्धी समस्या हुन सक्छ। शत्रूहरूले काम बिगार्ने सम्भावना भएकाले नयाँ काम सुरु नगर्नु राम्रो।

♐ धनु

स्वास्थ्यमा सुधार आउनेछ। मेहनतअनुसारको फल पाउने समय हो। पुराना साथी वा इष्टमित्रसँग भेट हुनेछ। विशेष गरी पश्चिमतर्फको यात्रा लाभदायी हुनेछ।

♑ मकर

अनावश्यक चिन्ता र तनाव बढ्नेछ। टाढाको भ्रमण नगर्नुहोला, नत्र खर्च र दुर्घटनाको सम्भावना छ। आफन्तहरूसँग विवाद हुन सक्छ।

♒ कुम्भ

समय अत्यन्तै शुभ छ। व्यापार व्यवसाय वा लगानीमा राम्रो लाभ हुने देखिन्छ। स्वास्थ्य पनि ठीक रहनेछ। पश्चिम दिशाको यात्राबाट फाइदा हुने सम्भावना छ।

♓ मीन

स्वास्थ्य कमजोर रहनेछ। यात्रा वा जागिरमा समस्या आउन सक्छ। धेरै बोल्नु भन्दा मौन बस्नु नै फाइदा हुनेछ। आम्दानीका स्रोत बन्द हुने सम्भावना छ ।

निष्कर्ष : “राशिफल जस्तो भए पनि तपाईंको दिन शुभ रहोस्”

प्रतिक्रिया

सम्बन्धित समाचार