आरएन पटेल
रौतहट, असोज २१ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोट कार्यक्रम रौतहट क्षेत्र नं. २(ख) अन्तर्गत सम्पन्न भएको छ।
असोज २१ गते मंगलवार बौधिमाई नगरपालिकाको इनरवारीमा सम्पन्न कार्यक्रममा बौधिमाई, परोहा र देवाही गोनाही नगरपालिकाका जसपा नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए।
कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य राम किशोर यादव रहनु भयो। उहाँको विशेष उपस्थितिमा भएको कार्यक्रममा पार्टीका स्थानीय तहका पदाधिकारी, कार्यकर्ताहरू र सरोकारवालाबीच विस्तृत छलफल र सुझाव आदान–प्रदान गरिएको थियो।
छलफलपछि राम किशोर प्रसाद यादव, जिल्ला अध्यक्ष राजीव रन्जन यादव तथा पार्टीका सक्रिय सदस्यहरूको रोहवरमा ८ जना प्रतिनिधि चयन गरिएको हो।
छनोट भएका प्रतिनिधिहरू:
बैनाथ साह कलवार, धर्मेन्द्र प्रसाद पटेल, असेसर राय यादव, नरेन्द्र कुमार सिन्हा, दिलीप कुमार पटेल, अकेलश राय यादव, अंशु प्रिया सिंह र राम बाबु प्रसाद चौरसिया।
कार्यक्रममा सहभागी नेताहरूले पार्टी संगठन सुदृढीकरण, एकता, सहकार्य र अनुशासनमा जोड दिएका थिए। साथै प्रतिनिधि छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र सहमतिको माध्यमबाट सम्पन्न भएको बताइएको छ।
कार्यक्रमको अन्त्यमा केन्द्रीय सदस्य यादवले भने,
> “मधेसको अधिकार, पहिचान र विकासका लागि जसपा नेपाल प्रतिबद्ध छ। प्रतिनिधि छनोट पार्टी सशक्त संगठन निर्माणतर्फको महत्वपूर्ण कदम हो,”
भन्दै सबैलाई आगामी मधेस प्रदेश अधिवेशन सफल पार्न एकजुट हुन आग्रह गर्नुभयो।
रौतहट क्षेत्र नं. २(ख) का नेता तथा कार्यकर्ताहरूले पनि आगामी अधिवेशनलाई ऐतिहासिक र सफल बनाउन प्रतिबद्धता व्यक्त गरेका छन्।

