जनकपुरधाम, असोज २१ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य तथा मधेस प्रदेशसभा सदस्य राम अशिष यादवको पहलमा जनकपुर–यदूकुहा सडकखण्डमा पर्ने पौडेश्वर–झिटकहिया क्षेत्रमा जमुनी नदी पुल नजिक क्षतिग्रस्त भागको मर्मत कार्य सुरु गरिएको छ।
सडक डिभिजन कार्यालय जनकपुरधामको प्राविधिक सहयोगमा सुरु गरिएको उक्त कार्य बाढीले क्षति पुर्याएको सडक पुनःस्थापना गर्ने उद्देश्यले थालिएको हो । स्थानीय समाजसेवी भरत यादवका अनुसार, बाढीका कारण सडक भत्किएपछि जनकपुरधाम र धनुषाको पूर्वी भेगबीचको यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।
अविरल वर्षापछि आएको भिषण बाढीले जमुनी नदी पुलको दक्षिण भागको दुवै किनारमा माटो कटान गरी सडक भत्काएको थियो । मर्मत कार्य सुरु भएपछि प्रभावित बासिन्दाले राहतको अनुभूति लिएका छन् ।



