https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, असाेज २३ गते ।
सर्लाही जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषधसहित चार युवकलाई नियन्त्रणमा लिएको छ ।

लालबन्दी नगरपालिका–१, नवलपुरमा प्रहरीले ‘सरप्राइज’ चेकजाँचका क्रममा बीआर ०६ सीभी ९९८५ नम्बरको भारतीय मोटरसाइकल रोकेर तीन जना युवकलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये एक नेपाली र दुई भारतीय नागरिक रहेका छन् ।

नियन्त्रणमा परेकामध्ये सीमावर्ती ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगरका १८ वर्षीय प्रिन्सकुमार यादव, भारत बिहार राज्य सितामढी जिल्ला सोनवर्षा थाना वसन्तपुर टोलका २० वर्षीय कृष्ण कुमार यादव र १७ वर्षीय किसनकुमार साह रहेका छन् । उनीहरूको साथबाट ‘वानरेक्स’ लेखिएको १०० एमएलको ११७ बोतल लागुऔषध बरामद गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए ।

त्यसैगरी, बागमती नगरपालिका–६ स्थित राधाकृष्ण मन्दिरनजिकको बाँसघारी क्षेत्रमा गरिएको चेकजाँचका क्रममा २८ वर्षीय जीवन घिसिङलाई पनि लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राजघाट प्रहरी चौकीको टोलीले बागमती प्रदेश ०२–०३० प ५५७० नम्बरको मोटरसाइकलमा शंकास्पद रूपमा बसेका घिसिङको झोलाबाट ‘ट्रामन फिप्टी’ क्याप्सुल २१४ पिस, ‘स्पास्मोम’ क्याप्सुल २०० पिस र २५ ग्राम गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ परेका चारै जनामाथि सर्लाही जिल्ला अदालतको आदेशमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार