https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जलेश्वर सर्राफ
बिरगंज, कार्तिक २ गते ।

रौतहटको चन्द्रपुर नगरपालिका–४ का एक व्यक्तिलाई सामाजिक सञ्जालमार्फत धम्की र बदनाम गर्ने आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही वडाका ३१ वर्षीय सोमबहादुर गुरुङ रहेका छन्।

स्थानीय समाजसेवी तथा निर्माण व्यवसायी तेजविक्रम कार्कीलाई समाजिक सञ्जालमा निरन्तर गालीगलौज, धम्की र मानहानी गर्ने गतिविधि चलाएको अभियोगमा गुरुङलाई आज दिउँसो करिब ३ बजेतिर चन्द्रपुर बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

व्यवसायी कार्कीले गुरुङले आफूलाई अवैध रूपमा रकम असुल गर्न खोजेको र नपाएपछी धम्की दिँदै झुठा र भ्रामक सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको बताएका छन्। दशैंको बेला फोनमार्फत समेत गुरुङले रकम माग गरेको कार्कीको भनाइ छ।

प्रहरीका अनुसार गुरुङलाई साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइँदैछ। उनी विगतमा पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंका गरिएको छ। साथै, गुरुङले केही सहयोगीहरूसँग मिलेर कार्कीको घरमा गएर भिडियो खिच्दै धम्की दिएको भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रहरीले जनाएको छ।

हाल सोमबहादुर गुरुङलाई चन्द्रपुर प्रहरी चौकीमा राखिएको छ र थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय गौर, रौतहट पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार