https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गाैशाला, कार्तिक १ गते ।
महाेत्तरीकाे औरही नगरपालिका–श्रीपुरमा वडा स्तरीय दोस्रो सिजन क्रिकेट प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नगरप्रमुखले गर्नुभएको थियो।

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुखले खेलकुदले युवाहरूमा एकता, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने बताउँदै खेलकुदप्रति नगरपालिकाको निरन्तर सहयोग रहने आश्वासन दिनुभयो।

कार्यक्रमको अध्यक्षता वडा नं. ३ का वडा अध्यक्ष राम केवल यादवले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय युवा, खेलप्रेमी र दर्शकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

तर, स्थानीय खेलाडी र युवाहरूले भने नगरपालिका पक्षबाट खेलकुद क्षेत्रमा अझै पर्याप्त ध्यान नदिइएको बताउँदै आगामी दिनमा संरचनागत सुधार र बजेटीय प्राथमिकता दिन आग्रह गरेका छन्।

आयोजक समितिका अनुसार प्रतियोगिता निरन्तर रूपमा सञ्चालन भई अन्तिम चरणसम्म पुग्दा उत्कृष्ट खेलाडी र टोलीलाई पुरस्कार र सम्मान प्रदान गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार