https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ, कार्तिक ८ गते ।
हस्तरेखा, ज्योतिष र वास्तु विज्ञानका क्षेत्रमा उदाउँदो ताराका रूपमा परिचित नाम हुन् ज्योतिष गुरु डा. बिबेक। आफ्ना अध्ययन र अनुसन्धानद्वारा ज्योतिष शास्त्रलाई वैज्ञानिक ढङ्गले प्रस्तुत गर्ने उद्देश्यका साथ उनले हालसालै तयार पारेको वास्तु सम्बन्धी रिसर्च पेपर र जोर्नल जर्मनीमा प्रस्तुत गर्ने प्रस्ताव गरेका छन्।

डा. बिबेकका अनुसार उक्त रिसर्च पेपरमा उनले निम्न मुख्य विषयहरू समेटेका छन्—

वास्तुशास्त्रका ऐतिहासिक र दार्शनिक पक्षहरू,

फेङ–शुई, साइज्मिक डिजाइन र आधुनिक वास्तुशिल्पसँग तुलना,

आधुनिक भवन र सहर योजनामा वास्तु सिद्धान्तको प्रयोग,

र वास्तुशास्त्रका वैज्ञानिक प्रमाण र प्रभावहरूको अध्ययन।

डा. बिबेकको भनाइमा, “वास्तु केवल धार्मिक वा परम्परागत विषय होइन, यो प्राकृतिक सन्तुलन, ऊर्जा प्रवाह र मानवीय कल्याणसँग सम्बन्धित एक वैज्ञानिक प्रणाली हो। मैले यसलाई प्रमाणसहित प्रस्तुत गर्न खोजेको छु,” उनले बताए ।

उनीद्वारा तयार पारिएको पेपरमा समावेश मुख्य अनुसन्धान शीर्षकहरू यस प्रकार छन् —

A Comparative and Critical Analysis of Vastu Concepts with Feng Shui and Modern Architecture

Analysis of Facts, Understandings & Uses of Vastu Shastra

Vastu Shastra: A Holistic Approach Towards Modern Architecture

डा. बिबेकले निकट भविष्यमा “Vastu for Engineers” नामक पुस्तक पनि प्रकाशित गर्ने योजना सार्वजनिक गरेका छन्। यस पुस्तकमा इन्जिनियरिङ दृष्टिकोणबाट वास्तुका वैज्ञानिक आधारहरू र तिनको प्रयोगबारे विस्तृत जानकारी समेटिने बताइएको छ।

उनका अनुसार, केही दिनअघि प्रकाशित उनको नयाँ पुस्तक नेपाल, भारत र अन्तर्राष्ट्रिय बजारमा वितरणका लागि तयार पारिएको छ, जसले विश्वभरका पाठकलाई ज्योतिष र वास्तु विज्ञानप्रतिको वैज्ञानिक दृष्टिकोण बुझ्न सहज बनाउनेछ।

डा. बिबेक, वरिष्ठ ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन्। परिवारका सबै सदस्यहरू लामो समयदेखि नेपालका स्थानीयदेखि राष्ट्रियस्तरसम्मका नेताहरू, व्यवसायी र सर्वसाधारणको ज्योतिषीय मार्गदर्शन गर्दै आएका छन्।

ज्योतिष र वास्तुका विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि डा. बिबेकको यो प्रयास ज्योतिष विज्ञान र वास्तुशास्त्रको शैक्षिक र वैज्ञानिक रूपान्तरणतर्फको एक महत्वपूर्ण कदम मानिएको छ।

सम्पर्क:
 9702527832

प्रतिक्रिया

सम्बन्धित समाचार