https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


राजेश सिंह
गाैशाला, कार्तिक २२ गते ।
महोत्तरीकाे गौशाला नगरपालिका–१२ मा नयाँ वडा कार्यालय भवन निर्माणको कार्य औपचारिक रूपमा सुरू गरिएको छ । नगर प्रमुख डा. दिपेन्द्र महतोले शुक्रबार एक विशेष समारोहका बिच भवन निर्माणको शिलान्यास गरेका हुन् ।

अढाई तल्ले संरचना बन्ने उक्त भवनको निर्माण कार्य जल्पा देवी निर्माण सेवा, त्रियुगा नगरपालिका–८, गाईघाट, उदयपुरले गर्न लागेको हो । भवन निर्माणका लागि रु. ७० लाख ७१ हजार २ सय १४ रुपैयाँ ११ पैसा लागत तय गरिएको छ । सम्झौता मिति २०८२ साल भदौ २२ गते भएको थियोे भने भवन निर्माण कार्य मिति २०८३ साल भदौ २२ गतेसम्ममा सम्पन्न गर्नुपर्नेछ ।

भवनको संरचनामा ग्राउन्ड फ्लोरमा ४ कोठा र १ शौचालय, पहिलो तलामा २ कोठा, १ हल र २ शौचालय तथा दोस्रो तलामा २ कोठा र १ शौचालय रहने छ । माथिल्लो भागमा जस्ताको छाना राखिनेछ ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख डा. दिपेन्द्र महताे, वडा नम्बर ९ का वडा अध्यक्ष बद्री प्रसाद सिंह, वडा नम्बर १२ का अध्यक्ष कुशेश्वर सिंह कुशवाहा, वडा सदस्य सन्तलाल महताे लगायत वडा सदस्यहरु, कर्मचारी, स्थानीय समाजसेवी, राजनीतिकर्मीहरु लगायत सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार