https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गाैशाला, कार्तिक २९ गते ।
महोत्तरीको औरही नगरपालिका–६ वैरिया निवासी ३० वर्षीय मनोज चौधरीलाई आफ्नी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गौशालाका अनुसार घरायसी विवाद चर्किँदा उनले २६ वर्षीया पत्नी कविता चौधरीमाथि कैँची प्रहार गरेका थिए ।

गम्भीर घाइते कवितालाई रामगोपालपुर–९ स्थित जानकी एकेडेमी अस्पताल पुर्‍याइएपनि, चिकित्सकहरूले उनलाई उपचार अघि नै मृत घोषणा गरेका थिए। छाती, कन्चट र हिपमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

घटनापछि मनोजलाई प्रहरीले घटनास्थलमै नियन्त्रणमा लिएर गौशाला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। मृतकको शव कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि बर्दिबास अस्पताल पठाइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विवादबाट सुरु भएको झगडा नै घटनाको कारण बनेको देखिएको छ। घटना हुने बेला घरमा दम्पती मात्र रहेको स्थानीयले बताएका छन्। यसबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार