https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, कात्तिक २९ गते ।

मधेश प्रदेश सभा परिसरको खुला प्राङ्गणमै सात दलका सांसदहरूको उपस्थितिमा आज वैकल्पिक प्रदेश सभा बैठक बसेको छ। उप–सभामुख वविताकुमारी राउत इशरको अध्यक्षतामा बसेको उक्त बैठक सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावपछि चर्किएको राजनीतिक विवादका बीच सम्पन्न भएको हो।

बैठकमा सहभागी पूर्वसभामुख तथा जसपा नेपालका नेता सरोजकुमार यादवले सभामुख मण्डलले ‘नैतिकता गुमाएको’ आरोप लगाउँदै उनको तत्काल राजीनामाको माग गरे। उनले भने, “अविश्वास प्रस्ताव दर्ता भइसकेपछि सभामुखले पदमा बसिरहनु उचित छैन। यदि उनी राजीनामा दिँदैनन् भने हामी प्रदेश सभा भवन बाहिरै चुनाव गरेर नयाँ सभामुख ल्याएरै छोड्छौँ।”

अविश्वास प्रस्तावका समर्थनमा सात दलको एकता

नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्रलगायत दलका सांसदहरूले सभामुख मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन्। उनीहरूले सभामुखलाई ‘पार्टी विशेषको कार्यकर्ता जस्तै व्यवहार गरेको’ आरोप लगाउँदै सदनको मर्यादा र प्रक्रियाको अवहेलना गरेको दाबी गरेका छन्।

अविश्वास प्रस्ताव दर्तापछि प्रदेश सभा सचिवालयले ‘बैठकमा उपस्थिति नजनाउने’ भन्दै पाँच सांसदलाई पदमुक्त गरेको थियो। तर, जसपा नेता जितेन्द्र सोनलले विश्वासको मत लिन लागेको बैठकमा ती पाँचै सांसद उपस्थित थिए, जसले सचिवालयको निर्णयलाई अझ विवादित बनायो।

सुरक्षा जोखिम बढेपछि उप–सभामुखको सरकारी आवास त्याग

प्रदेशसभामा पछिल्ला दिनमा विवाद, हातपात र सामना–सामुन्ने आरोप–प्रत्यारोप बढेपछि उप–सभामुख बविताकुमारी राउतले सुरक्षा जोखिमका कारण सरकारी आवास छाडेको सार्वजनिक गरेकी छन्।

उनले भनिन्, “सांसदहरू कार्यकक्षमै थुनिने, विवाद चर्किने, हातपातसम्मका घटना देखिएपछि सुरक्षा निकायले दिएको सुझावअनुसार सरकारी आवास छाड्नुपर्‍यो।”
उप–सभामुख अहिले जनकपुरधामस्थित निजी निवासमा बसोबास गरिरहेकी छन् र दायित्व निर्वाहमा कुनै असर नपर्ने स्पष्ट पारेकी छन्।

प्रदेश राजनीतिमा तनाव चुलिदैँ

सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मधेश प्रदेशसभामा सत्ता र प्रतिपक्षबीचको तनाव लगातार बढिरहेको छ। सात दलका सांसदहरूको वैकल्पिक बैठक, सभामुखमाथिको पक्ष–विपक्ष प्रदर्शन र सुरक्षा चुनौतीले प्रदेश राजनीतिको अस्थिरता झन् गहिरिँदै गएको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार