https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम : मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्। सभामुखविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव सोमबार बसेको प्रदेशसभा बैठकमा बहुमतले पारित भएपछि मण्डलको पद स्वतः समाप्त भएको हो।

नेपाली कांग्रेस, नेकपा (एमाले), जसपा नेपाल, लोसपा, जनमत लगायत सात दलले सभामुख मण्डलले पदीय आचरण विपरीत कार्य गरेको आरोप लगाउँदै अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमाथि छलफल गर्न उपसभामुख बबिताकुमारी राउत ईशरले आज बिहान प्रदेशसभाको बैठक आह्वान गरेकी थिइन् ।

बैठकमा ७८ सांसद सहभागी रहेका थिए, जसमा ७६ जनाले अविश्वास प्रस्तावको पक्षमा मत दिए। दुई सांसदले मात्र मतदानबाट अलगिए ।

सभामुख मण्डलमाथिको विवाद एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले होटलमा बोलाएर मुख्यमन्त्रीको शपथ दिलाएपछि सुरु भएको राजनीतिक किचलोबाट चर्किएको थियो । सो घटनापछि मण्डलले विपक्षी दलका पाँच सांसदलाई हटाएको आरोप लागेपछि सात दलले अविश्वासको प्रस्ताव अघि सारेका हुन् ।

अविश्वास प्रस्ताव पारित भएपछि मधेश प्रदेशसभामा नयाँ राजनीतिक समीकरण बनाउने प्रक्रिया तीव्र हुने अनुमान गरिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार