जनकपुरधाम : ज्योतिषी डा. विवेक पाण्डेले आजका लागि १२ राशिका जातकहरूको दैनिक अवस्था सार्वजनिक गरेका छन्। प्रत्येक राशिका लागि आजको समय, अवसर, चुनौती र स्वास्थ्यसम्बन्धी सल्लाह दिइएको छ। राशिफल अनुसार कतिपय राशिका लागि दिन शुभ र लाभदायक रहेको छ भने केही राशिलाई विशेष सावधानी अपनाउन सुझाव गरिएको छ।
- मेष: समय शुभ, व्यापारमा फड्को मार्ने, पारिवारिक आवश्यकताहरू पूरा हुने, जिम्मेवारी बढ्न सक्छ, आम्दानी बढ्ने।
- बृष: बाध्यता र स्वास्थ्यमा समस्या, गोपनीयता भंग हुन सक्ने, सहयोगीहरूको कमी, खर्च र श्रम बढ्ने।
- मिथुन: समय अत्यन्तै शुभ, चुनौती अँगाल्दा सफलता, कर्मयोगले भविष्यको बाटो समाउने, रोग र शत्रुमाथि विजय।
- कर्कट: कामको गति सुस्त, आफ्नै कमजोरीले लक्ष्यमा पुग्न समस्या, राम्रो नतिजाका लागि दोहोर्याएर प्रयास।
- सिंह: समय शुभ, प्रेमको बन्धन, रमाइलो यात्रा, साथीभाइ र सहयोगीहरूको साथ।
- कन्या: समय सामान्य, अवसर गुम्ने, गोपनीयता भंग हुन सक्ने, साझेदारीमा समस्या।
- तुला: कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, नयाँ जिम्मेवारी, फजुल खर्च, बोलीको गलत अर्थले सतर्कता आवश्यक।
- वृश्चिक: घरखर्च बढ्ने, अर्थ अभाव, विलम्ब, धोका, बसाइ सर्ने सम्भावना।
- धनु: समय शुभ, गोपनीयता, बाध्यताले अलमल, दोहोर्याएर प्रयास गर्दा सफलता, सामाजिक काममा लाभ।
- मकर: राम्रो समय, व्यवसायमा प्रगति, नयाँ कामबाट नाम–दाम, मिहिनेतले लक्ष्य प्राप्त।
- कुम्भ: खर्च र लगानीको अवस्था खराब, स्वास्थ्यमा ध्यान, शत्रुबाट सतर्कता।
- मीन: आफन्तसँग विवाद, मानसिक चञ्चलता, स्वास्थ्यमा सतर्कता, प्रयास गर्दा रोकिएका काम बन्ने।
ज्योतिषी पाण्डेले राशिफल जे जस्तो भए पनि सबै जातकको दिन शुभ रहोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

