https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/



राजेश सिंह
गाैशाला, मंसिर ११ गते ।
सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर १४ स्थित हरकठवामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे १९ औं वार्षिक सधारणसभा सम्पन्न भएको छ । आईतबार एक कार्यक्रम गरि ईश्वरपुर नगरपालिका १४ स्थित हरकठवामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक सधारणसभा सम्पन्न हाे ।


कार्यक्रमकी प्रमुख अतिथि, नगरपालिका उप–प्रमुख रञ्जिता देवी चौधरीले वडा अध्यक्षहरूले उठाएका मागहरू—विशेषगरी कृषकहरूलाई सिँचाइका लागि कृषि विद्युतीकरण नहुँदा भएको समस्या—समाधान गर्न आफूहरू तयार रहेको बताइन् । उनले आगामी बजेटमा सिँचाइका लागि आवश्यक विद्युतीकरण गर्न बजेट विनियोजन गर्न समेत तयार रहेको बताएइन्।


नेपालमा व्याप्त गरिबि न्युनिकरण गर्न प्रयास स्वरुप नेपाल सरकारले कृषि विकास बैंक लि. मार्फत २०३२ सालमा परिक्षण शुरु गराई त्यस पश्चात २०६१ सालमा तत्कालिन साना किसान विकास आयोजना भक्तिपुरबाट समुदायमा हस्तान्तरण हुने गरी कार्यक्रम सञ्चालन गरी २०६३ फाल्गुन २७ गते सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय चितवन भरतपुरमा विधिवत दर्ता भई २०६३ चैत २३ गते विधिवत साना किसान कृषि सहकारी संस्था लि. गौरीशंकर- ४, सर्लाहीको व्यवस्थापन हस्तान्तरण भई यस गा.वि.स.मा बसोवास गर्दै आएका विभिन्न समुदायहरुको आयस्तर वृद्धी कार्यक्रम संचालन गरी आजको दिन सम्म आउँदा यस ईश्वरपुर नगरपालिकामा रहेको यस संस्थाको कार्यक्षेत्र वडा नं. १३, १४ र १५ मा गरिबी न्युनिकरण कार्यक्रम गर्न संचालित कार्यक्रमहरुमध्ये सबै भन्दा दिगो तथा लोकप्रिय कार्यक्रमको रुपमा रहेको संस्थाका अध्यक्ष : अशोक कुमार सिंहले बताए ।


गरिबहरुलाई मात्र लक्षित गरी शुरु गरिएको यस कार्यक्रमले समाजमा रहेका गरिब अति गरिब पछाडी परेका वर्ग र महिलाहरुलाई समुहमा आवद्ध गराउदै समुहकै माध्यमबाट सदस्यहरुको आर्थिक सामाजिक तथा सामुदायिक उन्नती तथा विकासका लागी कार्यक्रम संचालन गरी सदस्यहरुको जीवन स्तरमा सुधार ल्याई संस्थागत विकासको माध्यमबाट साना किसानले साना किसानको लागी साना किसानहरुद्वारा नै सेवा दिन सक्ने सक्षम दिगो, भरपर्दो र विश्वासिलो ग्रामिण संस्थाकाे रुपमा स्थापना गर्दै जाने यस संस्थाको मुल उदेश्य रहेको अध्यक्ष सिंहले जनाए ।


संस्थामा अहिले ६ सय ६२ जना शेयर सदस्य छन, जम्मा शेयर पुजी ९९ लाख ५२ हजार ५ सय १२ रुपैयाँ, बचत २ करोड ९८ लाख ५१ हजार ८ सय ३० रुपैया १९ पैसा र ऋण लगानी ६ करोड ९६ लाख ३५ हजार ८ सय १८ रुपैयाँ ३९ पैसा गरि, यस आ.व.२०८२ असार मसान्तसम्म २० लाख ४३ हजार ८ सय ६८ रुपैयाँ ९५ पैसा खुद नाफा भएको छ भन्ने संस्थामा जम्मा १० करोड ३९ लाख २७ हजार ३६ रुपैयाँ २ पैसा बराबरको काराेबार भएको संस्थाका प्रबन्धक जगदिस महताे काेईरीले जनाए ।


एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने दुई जना छात्रा र एक जना छात्रलाई सम्मान

संस्थाका शेयर सदस्यहरु मध्ये एसईईकाे परिक्षामा सबभन्दा उत्कृष्ट अंक ल्याएका दुई जना छात्रा र एक जना छात्रलाई तिनताेलाकाे चांदीकाे सिका दिई सम्मान गरेका छन् । जसमा ईश्वरपुर नगरपालिका १३ बस्ने समुह नं. १०३ को रेखा देवी महताेकी छोरी ममता कुमारी कुशवाहा जिपिए ३.५२ र ईश्वरपुर नगरपालिका १४ बस्ने समुह नं. ३४ को पवित्री देवीकी छोरी अस्मिता कुमारी महताे जिपिए ३.५२ र समूह नं. ५८ काे रामसखि देवी थरुनीकी छाेरा खुशीलाल चाैधरी जिपिए ३.७४ लाई तीन ताेलाकाे एक/एक चाँदीकाे सिका प्रदान गरि सम्मान गरेकाे संस्थाका प्रबन्धक जगदिश महताे काेईरीले जनाए ।


संस्थाका शेयर सदस्यहरु मध्ये १६ जना जेष्ठ सदस्यहरुलाई चादर ओढाई सम्मान समेत गरेका थिए । त्यसैगरी संस्थामा सबै भन्दा बढी बचत जम्मा गर्ने ईश्वरपुर नगरपालिका १४ बस्ने समूह नम्बर २३ काे राम हृदय महताेलाई समेत चादर ओढाई सम्मान समेत गरेका थिए । साथै सबभन्दा बढी शेयर लिएका शेयरधनी शिवा देवी धामी समेत चादर ओढाई समेत सम्मान गरेका थिए । साधारणसभामा सहभागी भएका सबै शेयर सदस्यहरुलाई आरी (कठाैता) १/१ पिस वितरण गरेको थियोे ।


कार्यक्रममा संस्थाका अध्यक्ष: अशोक कुमार सिंहकाे अध्यक्षता, प्रमुख अतिथि : ईश्वरपुर नगरपालिका उप-प्रमुख रंजिता चाैधरी, वडा नम्बर १४ का वडा अध्यक्ष : सित कुमार महताे, वडा नम्बर १५ काे अध्यक्ष उमेश चाैधरी, जिल्लाका विभिन्न सहकारी संस्था प्रतिनिधिहरु, सहकारीका कार्य समितिका सम्पूर्ण सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, शेयरसदस्यहरुकाे उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार