गाैशाला : महोत्तरी जिल्लाकाे मटिहानी नगरपालिका–०९ सिमरदहीमा सञ्चालित ॐ शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६ औँ वार्षिक साधारण सभा आज भव्य रूपमा सम्पन्न भएको छ।
साधारण सभाको उद्घाटन मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डलले गर्नुभयो। कार्यक्रममा उनले सहकारी क्षेत्र समुदायको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै संस्थाको आगामी कार्यहरूमा पारदर्शिता र उत्कृष्ट सेवा प्रवाहमा जोड दिन निर्देशन दिएका थिए।

समारोह संस्थाका अध्यक्ष श्री अजय मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वडा अध्यक्ष मदन चौधरी, समाजसेवी मुसाफिर सहनी, संस्थाका सञ्चालक समिति पदाधिकारी, खाताधारी सदस्यहरू तथा स्थानीयहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वार्षिक साधारण सभामा विगत वर्षका गतिविधि, आर्थिक प्रतिवेदन, आगामी वर्षको कार्ययोजना तथा संस्थाको सेवा विस्तारका विषयमा विस्तृत छलफल गरिएको संस्थाले जानकारी दिएको छ।






