रुपन्देही : सरहन कालिका सामुदायिक वन उपभोक्ता समूहको १२औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। समूहका अध्यक्ष समर जर्गा मगरको अध्यक्षतामा तथा डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रबिन बिडारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा समुहको वार्षिक प्रगति, आर्थिक विवरण, आगामी वर्षका योजनासहित विविध विषयमा छलफल गरिएको थियो। उपस्थित सहभागीहरूले सामुदायिक वन व्यवस्थापन, संरक्षण र दिगो उपयोगका लागि सहकार्य र सक्रियताको आवश्यकता औँल्याएका थिए।






