काठमाडौँ : सरकारले जेनजी आन्दोलनका प्रतिनिधिसँग बुधबार भएको १० बुँदे सम्झौतामा औपचारिक स्वीकृति प्रदान गरेको छ। मन्त्रिपरिषद् बैठकले सम्झौतालाई अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार हिजो राति प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनतर्फबाट सहादत प्राप्त तथा घाइते परिवारको तर्फबाट भोजविक्रम थापाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
सम्झौतामा सरकारले उठाइएका माग सम्बोधन गर्ने र प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।

