https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ : ललितपुरको युएन पार्कको छेउमा आज अपराह्न पाँच वटा सवारीसाधन एकैपटक ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटना करिब ४ बजे भएको प्रहरीले जनाएको छ।

रौतहट, गौरका ४५ वर्षीय राजिव सिन्हा बा ५१ प ९५६९ नम्बरको स्कुटर चलाउँदै गर्दा गम्भीर घाइते भएका थिए। नर्भिक अस्पताल लगिएको केहीबेरमै उनको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले पुष्टि गरे।

दुर्घटनामा स्कुटरसहित कुपण्डोलतर्फबाट आएको बा प्र ०१–०२९ च ३८९६ नम्बरको निजी भ्यान, विपरीत दिशाबाट गुड्दै गरेको बाप्र ०१–०२२ च ००६१ नम्बरको कार, बा २ ज ४७६० नम्बरको कार र अर्को बाप्र ०१–०२९ नम्बरको भ्यान एकपछि अर्को गरी ठोक्किएका थिए।

घटनाबारे विस्तृत तथ्य स्पष्ट हुन बाँकी छ। प्रहरीले कारण पत्ता लगाउन थप अनुसन्धान थालेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार