रारास
काठमाडौँ, मंसिर २६ गते ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका रूपमा नियुक्त प्राडा कुमारसिंह इङ्नामले सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेका छन् । मन्त्रालयमा पुगेपछि सचिव मदन भुजेल सहितका उच्च अधिकारीहरूले उहाँलाई स्वागत गरे ।
पदबहालीपछि संक्षिप्त रूपमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री इङ्नामले देशभरको बाँझो जमिनलाई उत्पादनमुखी बनाउनेतर्फ सरकार गम्भीर रहने बताए । “नेपालको जमिन उर्बर छ तर भूउपयोग प्रभावकारी छैन । कृषिमा ठूलो संख्या नेपाली आश्रित छन्, त्यसैले किसानलाई सहज वातावरण र उत्पादनको उचित बजार व्यवस्थापन हाम्रो प्राथमिकता हुनेछ,” मन्त्री इङ्नामले भने ।

