https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


राजेश सिंह
गाैशाला, मंसिर २६ गते ।
महाेत्तरीकाे गाैशाला नगरपालिका – १२ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे ११ औं वार्षिक सधारणसभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रम गरि गाैशाला नगरपालिका १२ स्थित कान्तिबजारमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक सधारणसभा सम्पन्न हाे ।


कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख डा. दिपेन्द्र महतोले नगरभित्र रहेका सहकारीहरू अझ उत्पादनमुखी र परिणाममुखी ढङ्गले काम गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार साना किसान कृषि सहकारी संस्था लिमिटेडले समुदायमा देखाएको सक्रियता, अनुशासन र पारदर्शिताले उदाहरणीय भूमिका निभाइरहेको छ, जसले अन्य सहकारीलाई पनि सिक्ने अवसर प्रदान गर्छ ।



डा. महतोले सहकारीले सञ्चालन गरेका कार्यक्रम, सदस्यहरूसँगको समन्वय र कृषिमुखी पहलप्रति प्रशंसा व्यक्त गर्दै संस्थालाई धन्यवाद समेत दिनुभयो । उहाँले साना किसान सहकारीले कृषिको स्तरोन्नति र सदस्यको आयवृद्धिमा देखाएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।



मिति २०७८ असाेज २१ गतेदेखि यस सहकारी संस्था लिमिटेडद्वारा गाैशाला नगरपालिका वडा नम्बर ५ स्थित गाैशाला बजारमा सेवा केन्द्र समेत संचालन ल्याए सकेको सहकारीका अध्यक्ष: हरिहर सिंहले बताए । शेयरधनीहरुकाे माग अनुसार नै गाैशाला बजारमा सेवा केन्द्र सुचारु गरेको अध्यक्ष: सिंहले जनाउनुभयाे ।




सहकारी २०७३ बैशाख ३ गतेदेखि कान्तिबजारमा ३१ जना सदस्य गठन गरि ७ लाख ७५ हजार शेयर पुजीबाट सुचारु भएका संस्थामा अहिले १ हजार ५ सय ७७ जना शेयर सदस्य भए, जम्मा शेयर पुजी १ करोड ८० लाख ९९ हजार ६ सय, बचत ५ करोड ९४ लाख ६६ हजार २ सय १९ रुपैया ७४ पैसा र ऋण लगानी ८ करोड ७४ लाख २३ हजार ९ सय २९ रुपैयाँ २४ गरि, यस आ.व.२०८१ असार मसान्तसम्म ९ लाख ५५ हजार ८ सय ७ रुपैयाँ नाफा भएको र संस्थामा १३ करोड ८० लाख ७ हजार ६ सय ७७ रुपैयाँ बराबरको काराेबार भएको संस्थाका प्रबन्धक राम दयाल महताेले जनाए । शेयर सदस्यहरुकाे विशेष लगानीमा सहकारी मार्फत संचालनमा रहेको डेरी उधाेगलाई थप व्यवस्थित गर्ने योजना रहेको प्रबन्धक महताेले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार