https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस २ गते ।
महाेत्तरीकाे सन्तानको रहर पूरा भइसकेकाहरूका लागि पुस ४ गतेदेखि स्थायी तथा अस्थायी बन्ध्याकरण सेवा सहितको एकीकृत परिवार योजना शिविर सञ्चालन हुने भएको छ । शिविर सञ्चालनअघि आयोजित अन्तर्क्रिया कार्यक्रममा सबै तयारी पूरा भएको जानकारी गराइएको हो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यता तथा स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नवलशोर साहको अध्यक्षतामा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा शिविर सञ्चालन, लक्ष्य र सेवाको पहुँचबारे विस्तृत छलफल गरिएको थियो ।

स्वास्थ्य कार्यालय प्रमुख साहका अनुसार गत वर्ष ७ सय जनाको लक्ष्यमा ५३४ जनाले बन्ध्याकरण सेवा लिएका थिए। यस वर्ष भने ८७४ जनालाई सेवा दिने लक्ष्य राखिएको छ। जिल्लाका १५ स्थानीय तहलाई समेट्दै १० स्थानमा शिविर सञ्चालन गरिने र लक्ष्य पूरा गर्न स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा रहेको उनले बताए ।

शिविर स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनामा, स्थानीय तहहरूको समन्वय तथा श्री सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ ।

शिविर सञ्चालन तालिका
पुस ४ र ५ गते गौशाला नगरपालिकाको गौशाला अस्पतालबाट शिविर सुरु हुनेछ । पुस ७ र ८ गते बर्दिबास नगरपालिकाका सेवाग्राहीका लागि बर्दिबास अस्पतालमा सेवा दिइनेछ। पुस १० र ११ गते औरही अस्पतालमा शिविर सञ्चालन हुनेछ ।



त्यस्तै, पुस १३ र १४ गते मनरासिस्वा नगरपालिका तथा एकडारा गाउँपालिकाका सेवाग्राहीका लागि एकडारा स्वास्थ्य चौकीमा शिविर आयोजना गरिनेछ । बलवा र लोहारपट्टी नगरपालिकाका सेवाग्राहीलाई लक्षित गर्दै पुस १६ र १७ गते बलवा–धमौरा स्वास्थ्य चौकी, रौजामा शिविर सञ्चालन हुनेछ ।

पब्लिक हेल्थ नर्स तथा स्रोतव्यक्ति सिर्जना यादवका अनुसार पुस १९ र २० गते रामगोपालपुरमा शिविर हुनेछ। त्यसपछि पुस २२ गते सम्सी गाउँपालिका, पुस २४ र २५ गते सोनमा गाउँपालिका तथा पुस २७ र २८ गते पिपरा गाउँपालिकामा सेवा उपलब्ध गराइनेछ। पुस ३० गते मटिहानी र माघ २ तथा ३ गते भंगहा नगरपालिकामा शिविर आयोजना गरिने तालिका रहेको छ ।

शिविरमा मिनील्याप, भ्यासेक्टोमी, आइयुसिडी तथा इम्प्लान्टजस्ता परिवार नियोजन सेवाहरू निःशुल्क उपलब्ध गराइनेछ । जनसंख्या सन्तुलन कायम गर्न बन्ध्याकरण सुरक्षित र भरपर्दो उपाय भएकाले पछिल्लो समय यसप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको स्रोतव्यक्ति यादवले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार