https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, पुस ३ गते ।
सर्लाहीको बसबरिया गाउँपालिका कार्यालय भवन, भवानीपुर अगाडि आज दोस्रो दिन पनि कर्मचारीहरूको धर्ना जारी रहेको छ । साउन महिनादेखि तलब नपाएपछि बसबरियामा कार्यरत शिक्षक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

तलब माग गर्दै कर्मचारीहरू हिजो बुधबारदेखि गाउँपालिका कार्यालय परिसरमा अनिश्चितकालीन धर्नामा बसेका छन् । उनीहरूले लामो समयदेखि तलब नपाएको भन्दै तत्काल समस्या समाधान गर्न माग गरेका छन् ।

बसबरिया गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीचको विवादका कारण चालू आर्थिक वर्ष २०८२/८३ को बजेट अहिलेसम्म पारित हुन नसकेको जनाइएको छ । बजेट पारित नहुँदा तलब भुक्तानीसहित अन्य नियमित कामकाज समेत प्रभावित बनेको कर्मचारीहरूको गुनासो छ ।


कर्मचारीहरूले छिटो बजेट पारित गरी तलब भुक्तानीको व्यवस्था नगरे आन्दोलन थप कडा बनाउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार