https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस ७ गते ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी, समुदाय प्रहरी साझेदारी शाखाको समन्वयमा अवैध लागू औषध ओसारपसारविरुद्ध गरिएको कारबाहीमा ठूलो परिमाणको लागू औषधसहित चार जना पक्राउ परेका छन् ।

अवैध लागू औषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा आईतबार साँझ ५:३० बजेकाे समयमा ईलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा, ईलाका प्रहरी कार्यालय रामगोपालपुर तथा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको संयुक्त प्रहरी टोलीले औरही नगरपालिका–१ स्थित बर्दिवास–जलेश्वर सडक खण्डमा शङ्कास्पद दुईवटा मोटरसाइकल रोकी जाँच गरेको थियो ।

जाँचका क्रममा सम्सी गाउँपालिका–६ निवासी २१ वर्षीय शेष तनबिरले चलाएको BR30AQ2285 नम्बरको भारतीय मोटरसाइकल तथा सोही स्थानका २१ वर्षीय मुसाहिददुल इस्लामले चलाएको BR30W0324 नम्बरको यमाहा कम्पनीको भारतीय मोटरसाइकल नियन्त्रणमा लिइएको हो । ती मोटरसाइकलमा पछाडि सवार रहेका भारत बिहार राज्य, सितामढी जिल्ला निवासी २२ वर्षीय राजु कुमार र २१ वर्षीय अरबिन्द कुमार मण्डलको साथबाट लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्र कुमार भट्टले जनाएको छ ।

खानतलासीका क्रममा कालो प्लास्टिकको झोलाभित्र
Diazepam 2ml लेखिएको एम्पुल – ४७४ थान,
Buprenorphine 2ml लेखिएको एम्पुल – ४८४ थान,
Promethazine Hydrochloride (Phenergan) 2ml लेखिएको एम्पुल – ४७८ थान गरी जम्मा १४३६ थान प्रतिबन्धित लागू औषध एम्पुल फेला परेको हो ।

त्यसैगरी उनीहरूको साथबाट नगद रु. १४,९०० र ४ थान मोबाइल फोन समेत बरामद गरिएको छ। बरामद लागू औषध, नगद, मोबाइल तथा दुवै मोटरसाइकल कानून बमोजिम जफत गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय गौशालामा राखी अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार