गाैशाला, पुस ९ गते ।
महाेत्तरीकाे मटिहानी नगरपालिका द्वारा आयोजित एकीकृत घुम्ती सेवा शिविरको दोस्रो दिन आज मटिहानी नगरपालिका–२ स्थित धिरापुरमा शान्तिपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त एकीकृत घुम्ती सेवा शिविरमार्फत विभिन्न शाखाहरूबाट सेवा प्रवाह गरिएको नगरपालिकाले जनाएको छ ।

सेवा प्राप्त गर्ने सेवाग्राहीको विवरण अनुसार स्वास्थ्य शाखाबाट १६७ जना, आयुर्वेद शाखाबाट ७५ जना, पशु सेवा शाखाबाट ५४० जना, कृषि शाखाबाट २४३ जना, स्वास्थ्य बीमा सेवाबाट ५ जना, जेष्ठ नागरिक परिचयपत्र वितरणतर्फ ६ जना तथा सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाबाट २३ जना लाभान्वित भएका छन् ।
यसरी शिविरमार्फत कुल १,०५९ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको मटिहानी नगरपालिकाले जानकारी दिएको छ। स्थानीयस्तरमै नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता घुम्ती सेवा शिविर सञ्चालन गरिएको नगरपालिकाको भनाइ छ ।























