https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस ९ गते ।
महाेत्तरीकाे बर्दिवास नगरपालिका–५ स्थित ढुङ्ग्रे–गढन्ता भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक महिला र पाँच वर्षीय बालकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरीका अनुसार आइतबार दिउँसो करिब १ बजे ढुङ्ग्रे–गढन्ताबाट बर्दिबासतर्फ आउँदै गरेको प्रदेश २–०२–००४ प ७६७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालककी श्रीमती बर्दिबास–१० भालुझोरा निवासी करिब ३५ वर्षीया रश्मी बी.के.को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा चालक गोविन्द रसाइली बी.के.का छोरा सुरेश रसाइलीको दाहिने खुट्टा भाँचिएको छ। उनको अवस्था मध्यम रहेको र बर्दिबासस्थित शुभ स्वास्तिक अस्पतालमा उपचार भइरहेको छ । यस्तै, चालकका दाजु रुपेश रसाइलीका पाँच वर्षीय छोरा रोमन रसाइलीको उपचारका क्रममा दिउँसो करिब १:३० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।


दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी नायब उपरीक्षक विकास बमको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार