https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, पुस १० गते ।
महोत्तरी जिल्लामा आज बिहानदेखि बाक्लो हुस्सु र कुहिरो फैलिँदा शीतलहरको प्रभाव बढेको छ। अत्यन्तै कम दृश्यताका कारण केही स्थानमा १०० मिटर टाढासमेत प्रष्ट देखिन नसक्ने अवस्था सिर्जना भएको छ ।

हुस्सुका कारण पूर्व–पश्चिम राजमार्ग र जिल्लाका भित्री सडकमा सवारी आवागमन प्रभावित भएको छ। ट्राफिक प्रहरीले यस्तो मौसममा सवारी साधन चलाउँदा बत्ती बालेर सावधानी अपनाउन र गति नियन्त्रणमा राख्न चालकलाई आग्रह गरेको छ ।

गत एक सातादेखि निरन्तर जाडो र कुहिरोको प्रभाव रहेको महोत्तरीमा हिजो दिउँसो केही समय घाम लागे पनि रातिदेखि पुनः मौसम बिग्रिएको स्थानीयले बताएका छन्। बिहानै बाहिर निस्कँदा शीतले शरीर भिज्ने अवस्था रहेको भन्दै यात्रु तथा दैनिक मजदुर बढी प्रभावित भएका छन् ।

प्रतिकूल मौसमको असर कृषिमा समेत देखिएको छ। विशेषगरी तोरी र आलु बालीमा लाइ, किरा लगायत रोगको प्रकोप बढ्दै जाँदा किसान चिन्तित बनेका छन् । तोरीमा फूल फुल्ने र कोसा लाग्ने संवेदनशील समयमा हुस्सु र कुहिरोले नोक्सानी पुर्‍याएको किसानको गुनासो छ ।

कठ्यांग्रिदो चिसोका कारण बालबालिका, वृद्धवृद्धा तथा अशक्त व्यक्तिको स्वास्थ्य जोखिममा परेको छ। साथै अत्यधिक जाडोले चौपाया र पन्छी सुरक्षित राख्न तथा आहार व्यवस्थापन गर्नसमेत समस्या भइरहेको स्थानीय किसानले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार