गाैशाला, पुस १० गते ।
महाेत्तरीकाे मटिहानी नगरपालिकाको नगरस्तरीय योजनाअन्तर्गत या.ल.ना. विद्यापीठ मटिहानी परिसरभित्र निर्माण हुन लागेको पक्की सडकको बिहीबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।
सडक निर्माणको शिलान्यास मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल र विद्यापीठका प्राचार्य हेम नारायण लाल कर्णले संयुक्त रूपमा गर्नुभयो। पालिकाका प्राविधिक दिनेश साहका अनुसार विद्यापीठको कम्पाउण्डभित्र १५ लाख रुपैयाँको लागतमा करिब ११० मिटर लामो पक्की सडक निर्माण गरिनेछ ।
शिलान्यास कार्यक्रममा मटिहानी गाविसका पूर्व अध्यक्ष रामकुमार मण्डल, पूर्व उपाध्यक्ष उपेन्द्र प्रसाद चौधरी, महोत्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरू विजय कुमार साह र मोहन प्रसाद गुप्ता, वर्तमान उपाध्यक्ष अजय साह, पूर्व उपाध्यक्ष नागेश्वर गुप्ता सहभागी रहेका थिए ।
त्यसैगरी राजनीतिक तथा सामाजिक व्यक्तित्वहरू श्याम कुमार मण्डल, राज किशोर मण्डल, उमाशंकर साह, वडा अध्यक्ष कलिम अंसारी, रितेश साह, कार्यपालिका सदस्य अरुण नाहर, गणेश प्रसाद साह, राम लखन पंजियार, विन्देश्वर नायक, बरुण मण्डल, रामजी मण्डल, राजेश्वर मण्डल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यापीठका प्राध्यापक, उप–प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।















