https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस १५ गते ।
अत्यधिक जाडो बढेपछि मटिहानी नगरपालिकाका विभिन्न स्थानमा नेपाली सेनाले आगो व्यवस्थापन गरी सर्वसाधारणलाई चिसोबाट राहत प्रदान गरेको छ ।

नेपाली सेनाको गोरखनाथ गण, परिकौली ब्यारेकको पहलमा आज बिहान लक्ष्मी नारायण मठ अगाडि, राष्ट्रिय माध्यमिक विद्यालय (रा.स.मा.वि.) अगाडि, बस स्टेण्ड लगायत भीडभाड हुने सार्वजनिक स्थानहरूमा आगो बालिएको हो। बिहान र साँझको समयमा चिसोको मार खेपिरहेका वृद्धवृद्धा, बालबालिका, विद्यार्थी तथा सर्वसाधारणले यसबाट प्रत्यक्ष राहत महसुस गरेका छन् ।

त्यसैगरी, गोरखनाथ गणले आजै बिहान मटिहानी नगरपालिका–७ स्थित तसमैयाँ बाबा पार्क क्षेत्रमा सरसफाइ अभियानसमेत सञ्चालन गरेको छ। सार्वजनिक स्थलको सरसफाइसँगै वातावरण स्वच्छ राख्ने उद्देश्यले उक्त अभियान गरिएको सेनाले जनाएको छ ।

जाडो मौसममा चिसोका कारण स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाली सेनाले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता जनहितकारी कार्यहरू निरन्तर गर्दै आएको र आवश्यक परे आगामी दिनहरूमा पनि सहयोग जारी रहने गोरखनाथ गणले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार