https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस १६ गते ।
“सवारी दुर्घटना विरुद्धको अभियान–२०८२” अन्तर्गत जिल्ला महोत्तरीको गौशाला नगरपालिकामा सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

मंगलबार इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको ट्राफिक सहितको प्रहरी टोलीले गौशाला नगरपालिका–०२ स्थित निगौल चौकमा ऊखु ढुवानीमा संलग्न ट्र्याक्टर चालक, कृषक तथा स्थानीय चिनी मिलका कर्मचारीहरूलाई भेला गराई सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक रमेश लामाले ऊखु ढुवानी गर्ने ट्र्याक्टर चालक तथा कृषकहरूलाई सवारी साधन सञ्चालन गर्दा अनिवार्य रूपमा ब्लुबुक र सवारी चालक अनुमति पत्र (लाइसेन्स) साथमा बोकी चलाउन आग्रह गर्नुभयो । हाल हुस्सु लाग्ने मौसम रहेकाले दुर्घटनाको जोखिम उच्च रहेको उल्लेख गर्दै उहाँले ऊखु बोकेका टेलरको पछाडिको भागमा हुडिङ बोर्ड (फ्लेक्स प्रिन्ट/रिफ्लेक्टर) झुण्ड्याएर मात्र सवारी सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

त्यसैगरी, प्रहरी निरीक्षक लामाले मोटरसाइकल चालकहरूलाई पनि सवारीसम्बन्धी कागजात साथमा राखी हेलमेट अनिवार्य रूपमा प्रयोग गरी मात्र यात्रा गर्न आग्रह गर्नुभयो । ट्राफिक नियमको पालना र सबै पक्षको जिम्मेवार व्यवहारले मात्र सवारी दुर्घटना न्यूनीकरण सम्भव हुने उहाँको भनाइ थियो ।

प्रहरीका अनुसार ऊखु ढुवानीको समयमा सडकमा बढ्दो चापका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार