https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, पुस १६ गते ।
मधेश प्रदेश सरकारमा मन्त्रिमण्डल विस्तार गरिएको छ। विस्तारसँगै छ जना मन्त्रीलाई विभिन्न मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

विस्तारित मन्त्रिमण्डल अनुसार मनिष कुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ। राज कुमार गुप्ताले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्नेछन् भने शङ्कर प्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

यसैगरी श्याम प्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बसन्त कुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । मन्त्रिमण्डल विस्तारसँगै प्रदेश सरकारको कामकारबाहीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार