https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, पुस २१ गते ।
विभिन्न धार्मिक समुदायले बिरगंज सहितका स्थानमा गरेको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा सञ्चारकर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण साहमाथि भएको आक्रमणको कडा निन्दा गरिएको छ । विज्ञप्तिअनुसार शान्तिपूर्ण प्रदर्शनको दृश्य संकलन गरिरहेका बेला केही प्रदर्शनकारीले सञ्चारकर्मीको मोबाइल खोस्नुका साथै कुटपिट गरी समाचार संकलनमा अवरोध पुर्‍याएका थिए ।

पत्रकारमाथि गरिएको यस्तो आक्रमण प्रेस स्वतन्त्रता तथा नागरिकको सूचित हुने अधिकारमाथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ। महासंघले घटनामा संलग्न दोषीहरूलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग मागसमेत गरेको छ। साथै स्वतन्त्र प्रेसविरोधी यस्ता गतिविधि तुरुन्त रोक्न चेतावनी दिएको छ ।

महासंघले धार्मिक तथा सामाजिक विषयमा समाचार प्रकाशन र प्रसारण गर्दा सञ्चारमाध्यमले विशेष संयम र सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ। पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) अनुसार जाति, धर्म, भाषा, संस्कृति र समुदायबीच सामाजिक सद्भावमा खलल पुग्ने खालका सामग्री उत्पादन, प्रकाशन तथा प्रसारण गर्न नहुने स्पष्ट गरिएको छ ।

लाइभ प्रसारण तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरिने सामग्रीले समुदायबीच नकारात्मक प्रभाव पार्न सक्ने भएकाले सञ्चारमाध्यम यस विषयमा थप सचेत हुनुपर्ने महासंघको धारणा छ। पत्रकार आचारसंहिताविपरीत सामग्री प्रकाशन तथा प्रसारण गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति समेत महासंघले चिन्ता व्यक्त गरेको छ ।

महासंघले सबै पक्षलाई संवैधानिक अधिकार प्रयोग गर्दा धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर नपर्ने गरी अभिव्यक्ति दिन, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा घटनाको निष्पक्ष छानबिन गरी पत्रकारको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार