https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ, पुस २९ गते ।
डेढ वर्षअघि चितवनको सिमलताल क्षेत्रबाट त्रिशूली नदीमा पहिरोले बगाएका दुई यात्रुबाहक बसमध्ये एक वटा बस फेला परेको छ । सशस्त्र प्रहरी बलका अनुसार २०८१ असार २८ गते दुर्घटनामा परेको गणपति यातायातको बस पहिचान गरिएको हो ।

आइतबार बिहान नदी किनारमा बसका केही अंश देखिएपछि उत्खनन सुरु गरिएको थियो। त्यसपछि आज सशस्त्र प्रहरीको टोलीले फेला परेको बस गणपति यातायातकै भएको पुष्टि गरेको जनाएको छ ।

उक्त दिन काठमाडौँबाट गौरतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स बस सिमलतालमा पहिरोका कारण त्रिशूली नदीमा खसेका थिए ।

दुर्घटनाका बेला दुवै बसमा चालकसहित ६५ यात्रु सवार थिए। तीमध्ये गणपति यातायातको बसमा रहेका तीन यात्रुले पौडेर ज्यान बचाएका थिए भने बाँकी यात्रु बेपत्ता भएका थिए ।

घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका गोताखोर, वाटर ड्रोन (सोनार) तथा भारतबाट ल्याइएको विशेष प्राविधिक टोलीसमेत परिचालन गरिए पनि तत्काल बस फेला पार्न सकिएको थिएन । अहिले एक बस फेला परे पनि अर्को बस अझै त्रिशूलीमै हराइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार