https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, पुस ३० गते ।
२५ औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालन गरिएको पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम धनुषाबाट आज साँझ महोत्तरी जिल्लाको मटिहानी नगरपालिका आइपुगेको छ ।

मटिहानी आइपुग्दा झण्डा मार्च टोलीलाई मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल, जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनार तथा सशस्त्र प्रहरी बल, नेपाल नं. ५ गण हे.क्वा. महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक शेर बहादुर अधिकारी ले स्वागत गरेका थिए ।

स्वागत समारोहका क्रममा नेपाली राष्ट्रिय झण्डा र सशस्त्र प्रहरी बल, नेपालको संगठनको झण्डा औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो । सो अवसरमा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

रजत महोत्सवको अवसरमा निकालिएको उक्त झण्डा मार्चले सशस्त्र प्रहरी बल, नेपालको भूमिका, योगदान र राष्ट्रप्रतिको प्रतिबद्धतालाई जनस्तरसम्म पुर्‍याउने उद्देश्य राखेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार