बर्दिवास, माघ ६ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रमोद कुमार महतोले उम्मेदवारी दर्ता गराएका छन् । वैकल्पिक र परिवर्तनमुखी राजनीतिक धार बोकेको रास्वपाबाट उनको उम्मेदवारीलाई परम्परागत राजनीतिप्रति असन्तुष्ट मतदाताका लागि नयाँ विकल्पका रूपमा हेरिएको छ ।
उनको उम्मेदवारीले विशेषगरी युवापुस्ता, शिक्षित वर्ग तथा परिवर्तन चाहने मतदातालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । पछिल्लो समय रास्वपाप्रति बढ्दो जनचासोका कारण यस क्षेत्रको चुनावी प्रतिस्पर्धा थप चर्किने आँकलन गरिएको छ ।

