https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुर, माघ ६ गते ।
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले प्रतिनिधिसभा सदस्य पदका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राउतले क्षेत्रको दीर्घकालीन विकास र समग्र समाधानका लागि फेरि जनताको विश्वास लिन चुनावी मैदानमा उत्रिएको बताए । उनले यसपटकको निर्वाचनमा ५६ हजारभन्दा बढी मत प्राप्त गर्दै विजयी हुने दाबीसमेत गरेका छन् ।

सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पुनः प्रतिस्पर्धा हुने अनुमान गरिए पनि दुवै नेताले फरक–फरक निर्वाचन क्षेत्र रोजेका छन्। जसपा नेपालका अध्यक्ष यादवले सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा डा. राउतले यही क्षेत्रबाट उपेन्द्र यादवलाई पराजित गर्दै संसदमा प्रवेश गरेका थिए। सोही पृष्ठभूमिमा यसपटक पनि सप्तरी–२ बाट उनको उम्मेदवारीलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार