गाैशाला, माघ ६ गते ।
महाेत्तरी क्षेत्र नं. २ मा नेपाली कांग्रेसबाट महिला नेतृ किरण यादवले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।
आसन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत फागुन २१ गते हुने मतदानका लागि उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई आवश्यक कागजात सहित मनोनयन दर्ता गराएकी हुन् ।
उम्मेदवारी दर्तापछि उनले मतदातासँग प्रत्यक्ष भेटघाट र संवादमार्फत जनसमर्थन प्राप्त गर्ने विश्वास व्यक्त गरिन् ।
कांग्रेस नेतृ यादव यसअघि पनि विभिन्न सामाजिक तथा राजनीतिक अभियानमा सक्रिय रहँदै आएकी छन् । उनले आफ्नो अनुभव र नेतृत्व क्षमताको उपयोग गर्दै निर्वाचन क्षेत्रको समग्र विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

