बिराटनगर, माघ ७ गते ।
मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका–१०, सुकुना स्कुल उत्तर शिव मार्ग निवासी ५१ वर्षीय यमबहादुर बस्नेतको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ ।
आज बिहान बाख्राका लागि घाँस काट्न लोहोन्द्रा केरावारी बनको खरखरे क्षेत्र पुगेका बस्नेत घाँस काट्ने क्रममा रुखबाट खसेका थिए । बिहानदेखि घर नफर्किएपछि परिवार तथा स्थानीयले खोजतलास गर्ने क्रममा उनलाई रुखमुनि घोप्टो अवस्थामा मृत फेला पारेका थिए ।
घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

