https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, माघ ६ गते ।
भारतीय जनता पार्टी (भाजपा)का नवनिर्वाचित राष्ट्रिय अध्यक्ष नितिन नवीनले मंगलबार औपचारिक रूपमा पदभार ग्रहण गरेसँगै देश–विदेशबाट बधाई तथा शुभकामना आउने क्रम जारी छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र गृहमन्त्री अमित शाहसहितका वरिष्ठ नेताहरूले सामाजिक सञ्जालमार्फत नवीनलाई शुभकामना व्यक्त गरेका छन् ।

यसै सन्दर्भमा भारतका चर्चित अन्तर्राष्ट्रिय लीफ आर्टिस्ट मधुरेन्द्र कुमारले नितिन नवीनलाई अनौठो र सृजनात्मक शैलीमा बधाई दिएका छन्। उनले करिब तीन घण्टाको निरन्तर मेहनतपछि केवल तीन सेन्टिमिटर लामो हरियो पिपलको पातमा नितिन नवीनको आकर्षक चित्र कोरेका हुन् ।

पातजस्तो अत्यन्त नाजुक माध्यममा यति सूक्ष्म र स्पष्ट चित्र बनाउनु चुनौतीपूर्ण मानिन्छ। मधुरेन्द्र कुमारका अनुसार यस प्रकारको कलाकृति तयार गर्न अत्यधिक धैर्य, एकाग्रता र कलात्मक सीप आवश्यक पर्छ। सानो हावा वा सानो चुकले पनि सम्पूर्ण मेहनत खेर जान सक्ने भएकाले विशेष सावधानी अपनाइएको उनले बताए ।

उनले नितिन नवीनको नेतृत्वप्रति सम्मान प्रकट गर्न तथा नयाँ जिम्मेवारीका लागि शुभकामना दिन यो विशेष कलाकृति तयार गरिएको उल्लेख गरे। मधुरेन्द्रको यस अनौठो बधाईले सामाजिक सञ्जालमा पनि व्यापक चर्चा पाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार