https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं: नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार सुन र चाँदी दुवैको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ६ हजार १ सय ९० रुपैयाँ निर्धारण गरिएको छ। सुन र चाँदी दुवैको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

आज सुनको मूल्य तोलामा ९ हजार २ सय रुपैयाँले बढेको छ भने चाँदी ३ सय २० रुपैयाँले महँगिएको छ । यसअघि बिहीबार सुनको मूल्य घटेर प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा झरेको थियो भने चाँदी ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

यस हप्ता सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ। बुधबार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको थियो भने चाँदी ५ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार सुन २ लाख ८४ हजार ७ सय रुपैयाँ र चाँदी ५ हजार ८ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी सोमबार सुन २ लाख ८२ हजार रुपैयाँ र चाँदी ५ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो भने साताको पहिलो दिन आइतबार सुन २ लाख ८७ हजार ८ सय रुपैयाँ र चाँदी ५ हजार ६ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव, लगानीकर्ताको बढ्दो आकर्षण र आर्थिक अनिश्चितताका कारण सुनचाँदीको मूल्यमा तीव्र वृद्धि देखिएको व्यवसायीहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार