https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

कैलाली, माघ १७ गते ।
अदालतको फैसला छलेर फरार रहँदै आएका एक जोडीलाई प्रहरीले कैलालीबाट नियन्त्रणमा लिएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भई ११ महिना २१ दिनको कैद सजाय काट्न बाँकी रहेका देवबहादुर ऐर र जानकी चयडालाई प्रहरीले पक्राउ गरेको हो ।

डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौट स्थायी ठेगाना भएका ३२ वर्षीय देवबहादुर र २६ वर्षीया जानकी लामो समयदेखि कैलालीको गोदावरी नगरपालिका–९, वल्मीमा लुकिछिपी बस्दै आएका थिए। जिल्ला अदालत डोटीले उनीहरूलाई बहुविवाहको कसुरमा सजाय सुनाए पनि उनीहरू फरार रहँदै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको विशेष टोलीले शुक्रबार उनीहरूको लुक्ने स्थान पत्ता लगाई पक्राउ गरेको हो। “फैसला कार्यान्वयन” अभियान अन्तर्गत पक्राउ परेका दुवै जनालाई अहिले आवश्यक कानुनी प्रक्रियाका लागि हिरासतमा राखिएको छ । अदालतको आदेश पालना गराउने क्रममा प्रहरीले यस सफलतालाई महत्वपूर्ण उपलब्धि मानेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार