https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सप्तरी, माघ २३ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश जनविद्रोहकै परिणामस्वरूप विभेदमा पारिएका जाति तथा समुदायको पहिचान, अधिकार, स्वाभिमान, सम्मान र प्रतिनिधित्व स्थापित भएको बताएका छन् ।


सप्तरीको विष्णुपुर गाउँपालिका–७ इटहरीमा शुक्रबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले कठोर संघर्षमार्फत अधिकार र अवसर दिलाउने पार्टी जसपा नेपाल भएको दाबी गरे । उनले बाँकी अधिकार प्राप्तिका लागि जनताको मतको असली हकदार जसपा नेपाल नै भएको उल्लेख गरे ।


अध्यक्ष यादवले मधेश जनविद्रोहपछि मधेशी, महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिमलगायत पछाडि पारिएका समुदायका लागि आरक्षण र प्रतिनिधित्व सुनिश्चित भएको बताए ।अबको लडाइँ अधिकारसँगै विकासका लागि हुने उनको भनाइ थियो ।


तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल हुँदै हाल जसपा नेपालसम्म आइपुग्दा भएको परिवर्तनको स्मरण गर्दै उनले भने, “पहिला सरकारी कार्यालयहरूमा मधेशी अनुहार देख्नै गाह्रो थियो, अहिले सरकारी कार्यालय मात्र होइन, सेना, प्रहरीलगायत सुरक्षा निकायहरूमा समेत समावेशिता र प्रतिनिधित्व देखिन थालेको छ। यो मधेश विद्रोहको देन हो ।”


सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष यादवले शोषित–उत्पीडित जनताको अधिकारप्राप्तिका आन्दोलनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए । उनले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र विकासीय बजेट विनियोजन आवश्यक रहेको बताए । मधेशमा अझै अशिक्षा र चरम गरिबी व्याप्त रहेको उल्लेख गर्दै उनले संघीय संरचनामा प्रदेश त बने पनि अधिकारविहीन भएकाले अब अधिकारसम्पन्न प्रदेश निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।


कार्यक्रममा जसपा नेपालकी नेता तथा पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव एवं पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य चन्देश्वर सदा, राजविराज नगरपालिकाका मेयर भीमराज यादव, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादव, जिल्ला अध्यक्ष सुनिल कुमार झा, सचिव जयनारायण यादव, समानुपातिक उम्मेदवार चुल्हाइ मण्डल, निर्मला मण्डल, माल्ती सदा, शान्ता मेहता, सरस्वती इशर, समाजवादी युवा संघ नेपालका जिल्ला अध्यक्ष केदार प्रसाद यादव, हास्य कलाकार भूपेन्द्र कुमार मण्डल, समाजवादी दलित संघका जिल्ला अध्यक्ष अशोक रामलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


यसैदिन विष्णुपुर गाउँपालिकाको वडा नम्बर ६ गोरगा र वडा नम्बर २ सिम्राहालगायतका गाउँहरूमा आयोजित कार्यक्रममा पनि पार्टी अध्यक्ष यादवसहितका नेताहरू सहभागी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार