https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, माघ २३ गते ।
आगामी निर्वाचनलाई बालमैत्री बनाउँदै बालअधिकार संरक्षण सुनिश्चित गर्ने उद्देश्यका साथ २५ बुँदे निर्वाचन आचारसंहिता तथा घोषणापत्रसम्बन्धी ध्यानाकर्षण पत्र राजनीतिक दलहरूलाई हस्तान्तरण गरिएको छ ।

शुक्रबार जनकपुरधाममा सम्पन्न आगामी निर्वाचन र बालअधिकार संरक्षणको सवाल विषयक अन्तरक्रिया कार्यक्रमपछि बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) नेपालले सेभ द चिल्ड्रेनको सहकार्य र बालअधिकारका लागि नागरिक समाज संस्था सञ्जाल मधेस प्रदेशसँगको समन्वयमा उक्त ध्यानाकर्षण पत्र राजनीतिक दलका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेको हो ।

ध्यानाकर्षण पत्रमार्फत निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्न, बालबालिकालाई कुनै पनि प्रकारका चुनावी गतिविधि तथा प्रचारप्रसारमा प्रयोग नगर्न, तथा शैक्षिक संस्थालाई राजनीतिक गतिविधिबाट मुक्त राख्न आग्रह गरिएको छ ।



साथै राजनीतिक दलहरूलाई आफ्ना निर्वाचन घोषणापत्रमा बालअधिकारका चार मूल सिद्धान्तको सम्मान, बालमैत्री बजेट विनियोजन, गुणस्तरीय शिक्षा, स्वास्थ्य, पोषण, बाल संरक्षण, बाल सहभागिता, डिजिटल सुरक्षा, अपाङ्गता भएका तथा सीमान्तकृत बालबालिकाका अधिकार सुनिश्चिततासहित २५ बुँदे सिफारिस समावेश गर्न अनुरोध गरिएको छ ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले बालअधिकार संरक्षणलाई घोषणापत्रमै सीमित नराखी व्यवहारिक कार्यान्वयनमा लैजानु आजको मुख्य आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार