https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

एजेन्सी
पाकिस्तानको राजधानी इस्लामाबादस्थित एक शिया इमामबारगाहमा शुक्रबार भएको शक्तिशाली बम विस्फोटको विश्वभरबाट कडा निन्दा गरिएको छ । घटनामा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने १७० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।


संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले उक्त आक्रमणको तीव्र निन्दा गर्दै नागरिक र धार्मिक स्थलहरूलाई लक्षित हिंसा अस्वीकार्य रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले दोषीहरूलाई पहिचान गरी तत्काल न्यायको कठघरामा ल्याउनुपर्नेमा जोड दिएका छन् ।


क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइते तथा पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले क्यानाडा पाकिस्तानका जनताको साथमा रहेको उल्लेख गरेका छन् ।


त्यस्तै, बेलायती विदेश मन्त्री यभेट कूपरले आतंकवादविरुद्ध बेलायत पाकिस्तानको समर्थनमा रहेको जनाउँदै पीडित र प्रभावित समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेकी छन् । अजरबैजानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनालाई जघन्य आतङ्कवादी कार्यको संज्ञा दिँदै शान्ति र स्थिरताका लागि पाकिस्तानको साथमा उभिने स्पष्ट पारेको छ ।


जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले पनि सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गर्दै यो कठिन घडीमा जर्मनी पाकिस्तानको साथमा रहेको बताएका छन् । भारतीय विदेश मन्त्रालयले समेत विज्ञप्ति जारी गरी इस्लामाबादको मस्जिदमा भएको बम विस्फोटको निन्दा गर्दै मृतकहरूप्रति शोक र पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार