https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


सप्तरी, माघ २६ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी लगायत देशका उपेक्षित, उत्पीडित तथा वहिष्कृत समुदायका लागि प्राप्त आरक्षणलगायत उपलब्धीहरु जोगाउन आम जनता गम्भीर बन्नुपर्ने बताएका छन् ।


सप्तरीको डाक्नेश्वरी गाउँपालिका–६ फत्तेपुरमा सोमबार आयोजित चुनावी छलफल तथा भेंटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले न्याय, समता, पहिचान र अधिकारका लागि मधेश जनविद्रोह भएको उल्लेख गरे । उनले लोकसेवा, शिक्षक सेवा, सुरक्षा निकायलगायत राज्यका विभिन्न निकायमा रहेको आरक्षण व्यवस्था मधेश जनविद्रोहकै उपलब्धी भएको बताए ।


“संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरु खेर जान दिनु हुँदैन,” उनले भने, “प्राप्त अधिकारको रक्षा र बाँकी अधिकारका लागि संघर्ष गर्न आगामी निर्वाचनमा जसपा नेपाललाई मजबुत शक्ति बनाएर पठाउन आवश्यक छ ।”


आरक्षणकै कारण आज सरकारी सेवासहित राज्यका विभिन्न अङ्गमा मधेशी, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम, अल्पसंख्यक लगायत लामो समयसम्म वहिष्करणमा पारिएका समुदायका प्रतिनिधित्व देखिन थालेको अध्यक्ष यादवको भनाइ थियो। सप्तरी क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका उनले मधेशमा सरकारी लगानी न्यून भएकै कारण विकासका सबै सूचकमा पछाडि परेको बताए ।


“मधेश अझै पनि अभाव र समस्याग्रस्त छ,” उनले भने, “गाउँमा बाटो छैन, सुविधासम्पन्न अस्पताल छैन, गुणस्तरीय शिक्षा र रोजगारीको अभाव छ, चरम गरिबी कायमै छ। मधेशबाट करिब ७० प्रतिशत राजस्व संकलन हुने गर्छ, तर लगानी मात्र ११ प्रतिशत छ।”
अध्यक्ष यादवले विगतमा शासन सत्तामा रहेका शक्तिहरु संघीयतामाथि नै प्रहार गरेर प्राप्त उपलब्धी समाप्त पार्ने दाउमा रहेको आरोप लगाए ।

उनले संघीय शासन व्यवस्था भएका देशहरु विकास र समृद्धिको पथमा अघि बढेको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाएर गलत भाष्य निर्माण गर्नेहरु शोषित, उत्पीडित र वहिष्कृत समुदायको हितैषी हुन नसक्ने बताए ।


“परिवर्तन विरोधीहरुलाई आफ्नो मतबाट जवाफ दिनुपर्छ,” उनले भने ।


चुनावी छलफल तथा भेंटघाट कार्यक्रममा जसपा नेपालकी नेतृ एवं पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव एवं पूर्वमन्त्री शैलेन्द्र प्रसाद साह, मधेश प्रदेशका पूर्व उपसभामुख उपमा देव, केन्द्रीय नेता चन्देश्वर सदा, समानुपातिक उम्मेदवार चुल्हाइ मण्डल, जिल्ला अध्यक्ष सुनिल कुमार झा, सचिव जयनारायण यादव, डाक्नेश्वरी नगरपालिकाका पूर्व मेयर शिवनारायण साह, मेयरका प्रत्यासी बेचु साह, युवा नेता राजेश्वर राय, शान्ता मेहता, ओमप्रकाश यादव लगायतले आ–आफ्ना धारणा राखेका थिए ।


सोमबारै अध्यक्ष यादवसहितका पार्टी नेताहरु डाक्नेश्वरी नगरपालिका–६ अन्तर्गत कटैया, बिसनपुर, औरही, जमुवा लगायतका टोलहरुमा आयोजित कार्यक्रमहरुमा समेत सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार